Ganesh Man Singh Hospital                        Call : 015530885  Email :- ganeshmansinghhospital@gmail.com

शेयर खरिद गरि स्वास्थ्य उपचार

बिषय : शेयर खरिद गरि स्वास्थ्य उपचार सेवामा लाभ लिने सम्बन्धमा ।
“सर्व प्रथम यहाँ र यहाँको स–परिवारमा सु–स्वास्थ्यको हार्दिक शुभ–कामना !”मानिसलाई सर्वोच्च प्राणी मानिन्छ । मानिस आफ्नो लक्ष्य र उद्देश्यहरु प्राप्तीको लागी निरन्तर क्रियशिल हुदै सफलता प्राप्त गर्दछन् । सबैको आ–आफ्नो लक्ष्य र उद्देश्यहरु हुन्छन् । कुनै पनि किसिमको बाधा तथा अड्चन बिना  ति लक्ष्य र उद्देश्यहरु हासिल होस् भन्ने सबैको चाहाना रहेको हुन्छ । तर सधै सबै सोचे जस्तो परिस्थिती नहुन पनि सक्छ । हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन स्वस्थ शरिर अपरिहार्य छ । हाम्रो स्वास्थ्य नै अमुल्य धन हो, स्वास्थ्य भन्दा ठूलो धन अरु हुनै सक्दैन्् । हाम्रो शरिरमा रोग लाग्नु पूर्वको सचेतना, रोकथाम र रोग लागे पछिको उपचार महत्वपूर्ण भएता पनि स्वास्थ्य सम्बन्धि भबिश्य अन्यौल र अनिश्चित हुदै गएको देखिन्छ । दिन प्रतिदिन स्वास्थ्य सम्बन्धि समस्या र चुनौतिहरु जटिल बन्दै गइरहेको छ । यस प्रकारको समस्या र चुनौतिलाई न्यूनिकरण गर्न सामुहिक पहल र सहकार्य गर्न जरुरी भईसकेको छ । वर्तमान अबस्थामा राज्यका पक्षबाट उपलब्ध गराइएको स्वास्थ्य उपचार सेवा सबै नागरिकसम्म पुग्न सकिरहेको अबस्था छैन भने नीजि क्षेत्रबाट उपलब्ध गराइएको स्वास्थ्य उपचार सेवामा आम नागरिकको पहुँच पुग्न सकिरहेको अबस्था समेत छैन् ।

यस्तो परिस्थितीमा अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्दान्तमा आधारित सहकारी पद्दति मार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बिषय औचित्यपूर्ण तथा प्रभावकारी हुने देखिएकोले नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक, सम्पूर्ण नेपाली नागरिकहरुलाई सार्वभौम सम्पन्न गर्न आफ्ना जीवन देश र जनताका लागी समपर्ण गर्ने त्यागी, सर्वमान्य नेता, लौहपुरुष गणेशमान सिंहलाई स्मरण गर्दै सर्व सुलभ एवं गुणस्तरीय स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल भर कार्यक्षेत्र रहेको गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको स्थापना गरि ललितपुर महानगरपालिका वडा नं.१५ महालक्ष्मीस्थान स्थित १०० शैया क्षमता भएको गणेशमान सिंह मेमोरियल हस्पीटल एण्ड रिर्सच सेन्टर संचालनमा ल्याएको बिषय स–गौरव जानकारी गराउन चाहान्छौ । यो संस्था स्वास्थ्य क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको हो । यो संस्थाले आबद्ध सदस्यहरुको स्वास्थ्यमा योगदान तथा चासो दिने पहिलो उद्देश्य लिएको छ । यस संस्थामा आबद्ध हुने सदस्य र परिवारको लागी निम्न बमोजिमका छुट तथा सेवा सुबिधा उपलब्ध गराईने व्यहोरा जानकारी गराउदै तपशिलमा उल्लेखित शेयर खरिद गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षण तथा स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सादर अनुरोध गरिएको छ । तपशिलक्र.स. खरिद गर्नुपर्ने शेयर रकम सदस्य स्वंमले प्राप्त गर्ने छुट तथा सुबिधा सदस्यको सबै परिवारले  प्राप्त गर्ने छुट तथा सुबिधा उपचार सेवामा औषधि खरिदमा उपचार सेवामा औषधि खरिदमा१ रु.१ लाख देखि १ लाख ९९ हजार सम्म शेयर लिने सदस्यहरुको लागी ४५% १०% ३०% १०%२ रु.२ लाख देखि ४ लाख ९९ हजार सम्म शेयर लिने सदस्यहरुको लागी ५०% १०% ४०% १०%३ रु. ५ लाख भन्दा माथि ६०% १०% ६०% १०%
माथि उल्लेखित छुट तथा सुबिधाहरु अस्पतालबाट उपलब्ध सबै सेवाहरुमा लागू गरिएको छ । उल्लेखित सेवा तथा छुट बाहेक शेयर रकममा बार्षिक ५% का दरले नगद प्रतिफल दिइने छ ।
जय सहकारी !

Nepali

सम्पर्क

GANESHMAN SINGH MEMORIAL HOSPITAL & RESEARCH CENTER

Address : Mahalaxmisthan-15,Lalitpur

Phone : 015530885

Email : ganeshmansinghhospital@gmail.com