Ganesh Man Singh Hospital                        Call : 015530885  Email :- ganeshmansinghhospital@gmail.com

सदस्य स्वास्थ्य उपचार सेवा योजना

बिषय : शेयर खरिद गर्ने एवं सदस्य स्वास्थ्य उपचार सेवा योजनामा भाग लिने सम्बन्धमा ।

“सर्व प्रथम त्याहाँ स्थित सहकारी संस्थाका सम्पुर्ण महानुभावहरुमा सु–स्वास्थ्यको हार्दिक शुभ–कामना !”

हाम्रो स्वास्थ्य नै अमुल्य धन हो, स्वास्थ्य भन्दा ठूलो धन अरु हुनै सक्दैन् । हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउन स्वस्थ शरिर अपरिहार्य छ । शरिरमा रोग लाग्नु पूर्वको सचेतना, रोकथाम र रोग लागे पछिको उपचार महत्वपूर्ण भएता पनि स्वास्थ्य सम्बन्धि भबिश्य अन्यौल र अनिश्चित हुदै गएको देखिन्छ । दिन प्रतिदिन स्वास्थ्य सम्बन्धि समस्या र चुनौतिहरु जटिल बन्दै गइरहेको छ । यस प्रकारको समस्या र चुनौतिलाई न्यूनिकरण गर्न सामुहिक पहल र सहकार्य जरुरी भईसकेको छ । वर्तमान अबस्थामा राज्यका पक्षबाट उपलब्ध गराइएको स्वास्थ्य उपचार सेवा सबै नागरिकसम्म पुग्न सकिरहेको अबस्था छैन भने नीजि क्षेत्रबाट उपलब्ध गराइएको स्वास्थ्य उपचार सेवामा आम नागरिकको पहुँच पुग्न सकिरहेको अबस्था समेत छैन् ।

यस्तो परिस्थितीमा अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्दान्तमा आधारित सहकारी पद्दति मार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बिषय औचित्यपूर्ण तथा प्रभावकारी हुने देखिएकोले नेपालको प्रजातान्त्रिक आन्दोलनका सारथी, सम्पूर्ण नेपाली नागरिकहरुलाई सार्वभौम सम्पन्न गर्न आफ्ना जीवन देश र जनताका लागी समपर्ण गर्ने त्यागी, सर्वमान्य नेता, लौहपुरुष गणेशमान सिंहलाई स्मरण गर्दै सर्व सुलभ एवं गुणस्तरीय स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल भर कार्यक्षेत्र रहेको गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको स्थापना गरि ललितपुर महानगरपालिका वडा नं.१५ महालक्ष्मीस्थान स्थित १०० शैया क्षमता भएको गणेशमान सिंह मेमोरियल हस्पीटल एण्ड रिर्सच सेन्टर संचालनमा ल्याएको बिषय स–गौरव जानकारी गराउन चाहान्छौ । सहकारी संस्थाको बिकास र प्रबर्धनमा सदस्यको भूमिका महत्वपूर्ण रहन्छ । आर्थिक तथा सामाजिक बिकास, क्षमता अभिबृद्धीका साथै आवद्ध सदस्यहरुको स्वस्थ्य सम्बन्धि बिषयमा चासो र योगदान दिन सक्ने हो भने सहकारी अभियानबाट अझ बढी प्रतिफल प्राप्त सकिने बिषय यहाँहरुलाई अगवत नै छ । यसै बिषयलाई मध्येनजर गरेर यस संस्थाले ताहाँ स्थित संस्थाका सदस्यहरुको स्वास्थ्य उपचार सेवाको लागी महत्वपूर्ण अभियान शुरु गरेको छ । यस अभियानको सार्थक सफलताको लागी सबै सहकारीकर्मी एवं सहकारी संघ÷संस्थाहरुको भूमिका महत्वपुर्ण हुन्छ । अतः यस महत्वपूर्ण एवं मानविय कार्यमा यहाँहरुको सहकार्यका लागी गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडको यसै साथ संलग्न योजना बमोजिम शेयर खरिद गरि सदस्यता प्राप्त गर्न र “सदस्य स्वास्थ्य उपचार सेवा योजना”मा भाग लिन दिन हुन यो सादर अनुरोध गरिएको छ ।

जय सहकारी !

Nepali

सम्पर्क

GANESHMAN SINGH MEMORIAL HOSPITAL & RESEARCH CENTER

Address : Mahalaxmisthan-15,Lalitpur

Phone : 015530885

Email : ganeshmansinghhospital@gmail.com