Ganesh Man Singh Hospital                        Call : 015530885  Email :- ganeshmansinghhospital@gmail.com

परिचय

गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेड द्धारा संचालित

गणेशमान सिंहको नाम नेपालको राजनैतिक वृतमा सबैले अति सम्मान र आदरका साथ लिई रहने नाम हो । उहाँको भूमिका, योगदान, नैतिकता र आर्दश जस्ता विषयहरुलाई नेपाली समाजले मात्र नभई अन्तराष्ट्रिय जगतमै सम्मान गरिनु सबै नेपाली नागरिकका लागि गर्वको विषय हो । सर्वमान्य नेता लौह पुरुष स्व. सिहंले आफ्नो जिवनकालमा नेपाली नागरिक र देश प्रति लगाएको गुण अविस्मरणीय छ ।

मुलुकलाई प्रजातान्त्रिक अभियानमा सरिक गराउन विभिन्न राजनैतिक शक्तिहरुलाई समेत नेतृत्व प्रदान गर्दै प्रथम जनआन्दोलन मार्फत प्रजातन्त्र एवम् मानव अधिकारलाई स्थापित गराएको विषय सबैका सामू छर्लङ्ग छ । अर्का तर्फ वर्तमान अवस्थामा स्वास्थ्य समस्या र चुनौतिहरु देखा परेका छन । सरकारी पक्षबाट सबै नागरिकहरुमा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सकिरहेको अवस्था छैन भने निजी क्षेत्रबाट संचालीत अस्पतालबाट उपलब्ध गराइएको स्वास्थ्य सेवामा सबैको पहँुच पुग्न सकिरहेको अवस्था छैन । यस्तो परिस्थितिमा सहकारी मार्फत पनि स्वास्थ्य सेवा उपलब्ध गराउने विषय सान्र्दभिक देखिएको छ ।

यसै विषयलाई मध्यनजर गर्दै ललितपुर, काठमाण्डौ र भक्तपुरका सहकारी क्षेत्रमा अनुभव एवम् सहकारी क्षेत्रमा अगृणी भूमिका निभाइरहेका सहकारी कर्मीहरुको पहलमा सर्वमान्य नेता स्व.गणेशमान सिंहज्यूको सम्मानमा उहाँको स्मरण गर्दै ” गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेड ” गठन गरी स्वास्थ्य सम्बधि विविध सेवा उपलब्ध गराउने क्रममा ललितपुर उ.म.न.पा. महालक्ष्मीस्थान स्थित १०० शैया क्षमता भएको संचालनमा ल्याएको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ ।

Nepali

सम्पर्क

GANESHMAN SINGH MEMORIAL HOSPITAL & RESEARCH CENTER

Address : Mahalaxmisthan-15,Lalitpur

Phone : 015530885

Email : ganeshmansinghhospital@gmail.com